बाजुरामा भाइरल ज्वरोको प्रकोप


लोकपथ
प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०८:२१

बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । 

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताएका छन् । रुगिन स्वास्थ्यचौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली प्रभावित क्षेत्रमा गएर ९३ बढीको उपचार गरेको प्रमुख सिंहले बताए ।  रुघाखोकी पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म एक जना स्वास्थ्य सहायक र एकजना अनमी गाउँमै रहने बताइएको छ । 
 
जिल्लामा रुघाखोकी, झाडापखाला र भाइरल  ज्वरो नै महामारीका रुपमा फैलिने गरेको छ । महामारी नियन्त्रण गर्न  ५ सयदेखि एक हजार बिरामीका लागि बाजुराका नौवटै स्थानीय तहमा ‘बफर स्टोर’ राखिने बताइएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माण गरिने भएको छ । 
 

Tags :
प्रतिक्रिया दिनुहोस
तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान ! चिकित्सकलाई भेटिहाल्नुस्

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार “स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा

काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका

हेर्नुहोस् २०७६ भदौ ६ गते शुक्रबारको राशिफल

आज मिति २०७६ साल भदौ ६ गते शुक्रबार। ज्योतिष शास्त्रका अनुसार तपाईको दिन

‘प्रेम’लाई सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय

कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना