नेकपाको संसदी दलको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक जारी छन् । 

बैठकमा सरकारले हिजो (शनिवार) संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने विषयमा सांसदहरुबीच छलफल हुने सांसद योगेश भट्टराईले जानकारी दिएका हुन् ।

काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बैठक जारी छ । 

बैठकमा निर्वाचन क्षेत्रको बजेट र योजनाका बारेमा पनि सांसदहरुबीच छलफल हुँदैछ । 

नीति तथा कार्यक्रममा अस्पष्ट भएका विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पार्नुहुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  

सरकारले चार वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजना सहितको नीति तथा कार्यक्रम हिजो संसदमा पेश गरेको थियो ।

आगामी वर्ष इतिहासमै तीव्र वृद्धिको वर्ष हुने दाबी गर्दै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।  

सरकारले तयार पारेको ०७६–७७को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी थिइन् । 

०७६–७७को नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता बढाइने, सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण शुरु गर्ने, राजमार्गमा आपतकालिन हवाई अवतरण गर्न मिल्ने गरी स्तरोन्नती गर्ने, दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने, मौलिक हकको कार्यान्वयनबाट सबै नागरीकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न र रोजगारीको व्यवस्था गरी अन्त्य गर्ने लगायतका महत्वाकांक्षाी योजनाहरु अघि सारिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?