काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले तयार परेको ०७६–७७को नीति तथा कार्यक्रमले मुलुकवासीलाई झन् निराश बनाएको बताएको छ ।
शुक्रवार नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
नीति तथा कार्यक्रममा नयाँ विषय केही नभएको र सरकारले कमजोरी लुकाउन खाजेको आरोप कांग्रेसको छ ।
कांग्रेसले कार्यक्रमले राष्ट्रपतिलाई समेत विवादमा तानेको तर्क गरेको छ ।
कार्यक्रम सरकारको निजी हो वा मुलुकको भन्ने ठम्मयाउन कठिन भएको बताउँदै नेता गगन थापाले भने, ‘विगतका प्रतिबद्धता पूरा नहुँदा जनता निराश गएका छन् । आउने वर्षमा झन निराश हुने छन् ।’
‘यो वर्ष संघीयता कार्यान्वयनका हिसावले निराशाको वर्ष हो तर सरकारले यसलाई आत्मसात् गर्न सकेन । जनता निरास छन् तर नीति तथा कार्यक्रममा सबै राम्रैराम्रा कुरा मात्र आउनु दुर्भाग्य हो ।
मजोरी ढाकछोप गर्न सामाजिक सुरक्षाका कुरा ल्याएर जनतालाई भुल्याउन खोजिएको छ’, उनले भने, ’गत वर्षसम्म सरकारको नीतिका विषयमा समिक्षा हुनुपथ्र्यो, बाटो बिराएर अलमलिएको नीति आएको छ । यो नीतिले बजेट पनि आशालाग्दो आउने अपेक्षा गर्न सकिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया