क्यानडामाथि नेपालको जितपछि त्रिवि मैदानमा जे देखियो (तस्बीरहरु)

लोकपथ
3.1k
Shares

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको पाहुना टोली टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रनमात्र बनाउन सक्यो ।

नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडेका हुन् ।

त्यस्तै, आसिफ शेख  र कप्तान रोहितकुमार पौडल समान आठ रनमा आउट भए । भीम सार्की र कुशल मल्ल र सोमपाल कामीले क्रमशः १७, २० र २७ रन बनाए । आरिफ शेखले ३८ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

क्याडनाका उदय भगवानले ३ विकेट लिए । इश्वर सोधी र साद विन जाफरले २–२ विकेट झारे ।

यससँगै नेपालले शृंखलामा क्यानडाविरुद्ध १–० को अग्रता लिएको छ ।  शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?