क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईको फ्रेन्चाइज लिग खेल्ने

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (यूएई) को फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० खेल्ने भएका छन् । दीपेन्द्रलाई गल्फ जाइन्टले आफ्नो क्लबमा आबद्ध गरेको हो ।

गल्फ जाइन्ट क्लबले लामो समयदेखि नेपाली क्रिकेटरहरुको प्रदर्शनलाई नियाली रहेको र अलराउन्डर खेलाडीको खोजीमा रहेकाले गल्फ जाइन्टले दीपेन्द्रसँग सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?