कास्की । जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया