सरकारी जग्गामाथिको अतिक्रमण हटाइने

काठमाडौं । सरकारले अतिक्रमित सबै सरकारी जग्गालाई आगामी वर्षभित्र सरकारी कायम गने घोषणा गरेको छ । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक जग्गामाथिको सबै अतिक्रमण हटाइने पनि बताइन् । 

यस्तै जग्गा प्रशासनमा अनियमितता गर्नेमाथि छानबिन गरी कडा कारबाही गरिने  पनि सरकारले जनाएको छ ।

यस्तै सुकुम्बासी तथा सीमान्तकृतको बसोबासको व्यवस्था पनि गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?