काठमाडौं । सरकार झोलुङ्गे पुल बोकेर खोलाखोला पुगेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।
शुक्रवार सरकारले तयार पारेको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ वानेश्वरस्थित संसद भवन पुगेकी राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको राष्ट्रपति भण्डारीले बताइन् ।
जनताको हरेक पीडामा सरकारले साथ दिएको बताउँदै राष्ट्रपति भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया