‘एनआईबिएल स्टेबल फण्ड’ का इकाईहरु बाँडफाँड सम्पन्न

लोकपथ
117
Shares

काठमाडौं । एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड सम्पन्न भएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’ का इकाईहरु बाँडफाँड सम्पन्न भएको हो ।

बन्दमुखी योजनाको बीज पूँजीसहित अंकित मूल्य १० रुपैयाँका दरका १०,००,००,००० (दश करोड) इकाईहरु गत माघ २ गतेदेखि १६गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिभर ३९,२७१ जना आवेदकहरु मार्फत ९,५८,४९,१६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।

निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ ।

जसअनुसार इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले इकाई बाँडफाँड गरी बीज पूँजीसहित योजनाको आकार १,१३,००,००,००० रुपैयाँ (अक्षरेपी एक अर्ब तेह्र करोड रुपैयाँ मात्र) अर्थात ११,३०,००,००० इकाई कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?