शोकमा डुब्यो तिलाठीः परिवारका ४ जना गुमाएका ८० बर्षे बृद्ध सोधिरहेछन् छोराले फोन गर्यो ?

काठमाडौँ, १२ कात्तिक- छठको अर्घ समाप्तिपछि काठमाडौं जान हतारिएका सन्जितकुमार झा शुक्रबार दिउँसो नै विद्युतीय रिक्सा चढेर राजविराज गए, कान्तिपुरमा खबर छ निस्कने बेलामा सबै मान्यजनको खुट्टा ढोग्दै आर्शिवाद लिए र समय लिाएर आउने बाचा पनि गरे तर शनिबार बिहान धादिङको त्रिशुलीमा बस दुर्घटनामा परेपछि उनीसहित परिवारका ४ सदस्यको निधन भयो दुर्घटनामा ३५ बर्षीय सन्जित, उनका कान्छा भाई ३० बर्षीय अन्जित, सन्जितकी श्रीमती सिम्मी र सिन्जतका जेठा छोरा ८ बर्षीय अभिनवको निधन भएको छ सिन्जताका कान्छा छोरा ८ बर्षीय प्रतीक बेपत्ता छन् ८० बर्षीय बुद्ध पिता पण्डित रमानाथलाई उनीहरुको निधन भएको जानकारी दिएको छैन रमानाथ छोरा बुहारी काठमाडौं पुगेको फोन आउला भनेर कुरेर बसेका छन् तिलाठीका वाडाध्यक्ष दिनेश मिश्रले भने, पण्डितजीको बुढेसकालको लौरो खोसियो, दैव बडो निष्ठुरी हुँदो रैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?