काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक, सेलट्रोन नेपाल ले नयाँ लन्च द अनब्रेकेबल स्मार्टफोनस् HONOR X9b 5G लन्च गरेको पहिलो हप्तामै सम्पूर्ण इकाइहरू बिक्रि गरेसँगै आउट अफ स्टकको उपलब्धि मनाउँदै छ।
कम्पनीले यो फोनलाई छोटो समयमा नै धेरै रुचाइएको भन्दै सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद दिँदै सात दिनभित्र पुनः स्टक मा आउने कम्पनीले जनाएको छ।
अल्ट्रा बाउन्स ड्रप टेस्ट डिस्प्लेको विशेषता रहेको, HONOR X9b 5G, ३ दिन लामो ५८०० mAh ब्याट्रीको साथ सुसज्जित रहेको छ।
सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा १०८ एम पी रियर क्यामेरा, Snapdragon 6 Gen 1 र २०(१२+८) र २५६ जी बि स्टोरेज जस्ता विशेषताहरु रहेको छ जसले गर्दा यो ग्राहकहरूका लागि मात्र नभई प्राविधिक उत्साहीहरूका लागि पनि उत्कृष्ट मिडरेञ्ज स्मार्टफोनहरू मध्ये एक भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया