१८ फाल्गुन २०८०, शुक्रवार

महालक्ष्मी बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

२०८०,माघ,२४,बुधबार १६:१८

135
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।

माघ २३ गते सम्पन्न बैंक सञ्चालक समितिको ५८५औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले दुईपटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन् । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक बैंकको नेतृत्व गरेका थिए ।

१५ वर्षदेखि यसै बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्ष लामो अनुभव छ । यसबीचमा उहाँले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेका छन् । बैंक परिवारले मंगलवार दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गरेको थियो । सो अवसरमा सीईओ लम्सालले बैंकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउादै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीहरुलाई आग्रह पनि गरे ।

नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताए । ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति: २०८०,माघ,२४,बुधबार १६:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

। ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले बीमा सम्बन्धी जनचेतना विस्तार गरेको छ । फागुन १४ गते देखि

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन

काठमाडौं । धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहितका

ताजा समाचार

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५