काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारी कर्मचारीप्रति कटाक्ष गरेका छन् ।
एक विद्यालयको कार्यक्रममा विद्यार्थीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले लोकसेवा पास गरेका व्यक्तिहरुले पढाइलेखाइबाट भुँडी भर्न मात्र जानेको भन्दै कटाक्ष गरे ।
आफू लास्ट बेन्चमा बस्ने मान्छे आज मुख्यमन्त्री हुँदा फस्ट बेन्चर साथी खरिदार रहेको भन्दै अभिव्यक्ति दिएका छन् ।
फ्रस्टमा बस्ने मान्छेले केवल पढाइ लेखाइमा मात्र ध्यान दिने र कसरी लोकसेवा पास गरेर भुँडी भर्ने भन्ने मात्र जानेको अभिव्यक्ति दिए ।
‘म लास्टमा बस्ने लास्ट बेन्चकै मान्छे हुँ । फ्रस्टमा बस्नेले त केवल लेख्ने पढ्ने मात्रै जान्यो । कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्रै जान्यो, उ अहिले खरदार मात्रै छ म मुख्यमन्त्री छु ।’
त्यस्तै कक्षाकोठामा लिने ज्ञान सिमित हुने र सर्टिफिकेटको अंकले ज्ञानको मापन नहुने बताए । उनी बोलिरहँदा विद्यार्थीहरुले ताली पिटिरहेका थिए ।
‘कक्षा कोठामा लिने ज्ञान सिमित हुन्छन् । ज्ञान केवल सर्टिफिकेटमा मात्र हुँदैन । सर्टिफिकेटमा दिएको अंकले ज्ञानको मापन हुँदैन ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया