दलित मुसहर बस्तीमा सर्वदलीय बैठक राख्न रविको प्रस्ताव, दिए ५ वटा विषय

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले मुसहर बस्तीमा सर्वदलीय बैठक राख्न प्रस्ताव गरेका छन् ।

आज बसेको प्रतिनिधि सभामा बैठकमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले बैठक बुढानिलकण्ठ, बालुवाटार, बालकोटमा नभइ दलित मुुसहर बस्तीमा बस्न प्रस्ताव गरे ।

एउटा यस्तो सर्वदलीय बैठक बसौँ । त्यो बैठक बुढानिलकण्ठको आलिशान बैठक कोठामा होइन, खुमालटारको घरबेटीको घरमा पनि होइन, बालकोटको बार्दलीमा पनि होइन र बालुवाटारको वाताअनुकुलित विलाशी सरकारी बैठकमा पनि होइन । दलित मुसहर बस्तीमा बसौँ । जसमा ५ वटा सर्वदलीय निर्णयबाट पास गरौँ र सदनमा आऔँ ।’ उनले भने ।

लामिछानेले मुसहर बस्तीमा बस्ने सर्वदलीय बैठकका लागि विभिन्न ५ विषय समेत दिएका छन् ।

यी हुन् ५ विषय : 

१. आर्थिक शिथिलता, आम नैरास्यता र युवा पलायनका लागि प्रोजेक्ट होप नामक परियोजना
२. सुुशासन र भ्रष्टाचार नियन्त्रणका लागि
३.रुग्ण भौतिक आयोजनाको व्यवस्थापन गरौँ
४. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका संकट समाधान गर्न
५. परराष्ट्रसम्बन्धी प्रस्ताव

त्यसैगरी आफूहरुले सहकारी र लघुवित्त पीडितहरुको समस्या समाधान गर्नका लागि आफूहरुले प्रतिवेदन तयार गरेको र त्यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?