प्रदेशका नेतालाई केन्द्रको मौखिक निर्देशन, ‘प्रदेश १ र ३ को नाम नदीबाट राख्नुस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ र ३ को नाम नदीबाट राख्न निर्देशन दिएको छ । 

प्रदेश १ र ३ को नाम नदीबाट राख्न नेकपाले सम्बन्धित प्रदेशका नेतालाई केन्द्रबाट निर्देशन पठाएको हो । 

संविधानतः प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्नुपर्ने हुन्छ । 

नेकपा केन्द्रीय कार्यालयले पार्टीको प्रदेश कमिटीका पदाधिकारी र मुख्यमन्त्री शेरधन राईलाई औपचारिक वा लिखित निर्देशन नपठाए पनि मौखिक निर्देशन दिएको हो । 

मौखिक निर्देशनमा प्रदेशको नाम कोशी र राजधानी विराटनगर बनाउन भनिएको छ । 

नेकपा प्रदेशसभा संसदीय दलको बैठक शुक्रवार बस्दैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?