सुनुवाइ नभए सदनमा अनशन बस्ने चेतावनी

लोकपथ
56
Shares

काठमाडौं । जनता समाजवादीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए ।

उनले भने, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण रोकियोस् भनेर सदनमा पटक पटक आवाज उठाएको छ । बर्दिया जिल्लाकै गुलरिया नगरपालिका र बारा बर्दिया नगरपालिका जोड्ने पुल निर्माणको निम्ति आवाज उठाएर अनशन समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन ।

यस्ता जनहितकारी कामहरु सुनुवाइ नहुनु दुःखको कुरा हो । यस्ता कामहरु अब समयमा नै भएन भने यो सदनमा म पनि अनशन बस्न तयार हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?