हत्या गरेको आरोपमा सासु र श्रीमान पक्राउ

काठमाडौं । सिरहा नगरपालिका–१४ खीरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डलको बिहीबार राति हत्या भएको कुरा प्रहरीले खुलासा गरेको छ ।

प्रहरीले सासु तारा मण्डल र श्रीमान रामरेश मण्डललाई घटनामा संलग्न भएको आंशकामा पक्राउ गरेको छ ।

शुक्रबार बिहान मनिषाको शव आफ्नै घरको ओछ्यानमा भेटिएको थियो । प्रहरीका अनुसार मृतक महिलाको घाटीमा डाम देखिएको छ । माइती पक्षले मण्डलको परिवारमा दाइजो कम भएको भन्दै शारीरिक याताना तथा कुटपिट गर्नै गरेको आरोप लगाएका छन् ।

गत फागनु १७ गते रामेरेश मण्डलसँग मनिषाको विवाह भएको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?