मोरङ । मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका-७ बस्ने ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया