सेयर बजारमा सामान्य सुधार, टेलिकमको सेयर भने टिकेन

लोकपथ
156
Shares

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ९.४४ अंकले बढेर २०८५.७१ अंकमा पुगेको छ । कारोबार रकममा सोमबारका तुलनामा सामान्य सुधार भएको छ ।

मंगलबार १ सय ८१ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् । बढेका कम्पनीहरुमा समाज लघुवित्त, गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स लगायत छन् ।

५७ कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । वार्षिकोत्सव मनाइरहँदा सोमबार एक्कासि १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सेयर मूल्य भने दोस्रो दिन नै घटेको छ । ५.१० प्रतिशतले घटेर सेयर मूल्य प्रति कित्ता ९ सय ३ रुपैयाँ भएको छ ।

नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बजार सकारात्मक देखिए पनि कारोबार उत्साहजनक रुपमा बढेको परिसूचकमा देखिएको छैन ।
मंगलबार ६६ हजार ५ सय ५९ वटा कारोबार भएका छन् ।

विभिन्न कम्पनीका ७६ लाख २४ हजार ३ सय ७६ कित्ता सेयर किनबेच हुँदा आजको कारोबार रकम २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैयाँ छ ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । उक्त कम्पनीको ३३ करोड ७६ लाखको सेयर किनबेच भएको छ ।

यस्तै माउन्टेन इनर्जीको १६ करोड ६५ लाख, नेपाल पुनर्बिमा कम्पनीको ८ करोड ७४ लाख, नेपाल टेलिकमको ७ करोड ३५ लाख र हाथवे इन्भेस्टमेन्ट कम्पनीको ७ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?