६ महिनामा यस्तो देखियो मुलुकको अर्थतन्त्र 

लोकपथ
2k
Shares
काठमाडौं । मुलुकको अन्य वित्तीय परिसुचकहरु सकारात्मक देखिएपनि आयात र निर्यातबीचको अन्तर भने उच्च  देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी चालु आर्थिक वर्षको ६ महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स बढेसँगै सोधनान्तर स्थिती बचतमा रहेको देखिएपनि आयात र निर्यातबिचको उच्च असमानताको कारण बैदेशिक व्यापार घाटा बढेर झण्डै सात खर्ब रुपैयाँ पुगेको छ ।
प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव छ प्रतिशतले कमी आई छ खर्ब ९३ अर्ब
२० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ दशमलव दुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७६ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६० अर्ब ५६ करोड रुपैंयाँ बराबरको भएको थियो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो छ महिनाका अवधिमा कुल वस्तु निर्यात सात दशमलव दुई प्रतिशतले घटेर  ७४ अर्ब ९७ करोड रुपैंयाँ कायम भएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२ दशमलव ८ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ७० दशमलव नौं प्रतिशत र एक दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को छ महिनामा कुल वस्तु आयात तीन दशमलव एम प्रतिशतले कमी आई सात खर्ब ६८ अर्ब १७ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव प्रतिशत र २५ दशमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ दशमलव नौं प्रतिशत र ४३ दशमलव नौं प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव दुई प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव दुई प्रतिशत, शुन्य दशमलव शुन्य पाँच प्रतिशत र ४५ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव सात प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२ दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव एक प्रतिशत, आठ दशमलव आठ प्रतिशत र ३८ दशमलव एक प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?