बाबुरामले जय नेपालको अभिवादन गरेपछि..

गोरखा, १२ कात्तिक- चुनावी तालमेल गरेका नेपाली काङ्ग्रेस र नयाँशक्ति नेपालले गोरखामा अलग अलग चुनावी प्रशिक्षण कार्यक्रम गरेका छन्। तालमेल गरेको भनिएपनि दुईपार्टीले शनिबार फरक फरक ठाउँमा प्रशिक्षण कार्यक्रम गरेका हुन्।स्रोतका अनुसार काङ्ग्रेसले विपी गणेशमान स्मृति भवनमा र नयाँशक्तिले होटल गोरखा प्यालेसमा प्रशिक्षण कार्यक्रम गरेका थिएकाङ्ग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले करिब आधा घण्टा सम्बोधन गरेका थिए।नयाँशक्तिले आयोजना गरेको कार्यक्रममा पनि चीनकाजी श्रेष्ठले करिब आधाघण्टा सम्बोधन गरेर फेरि अलगअलग कार्यक्रममा सहभागी थिएकाङ्ग्रेसको प्रशिक्षणमा क्षेत्र नं. २ का उम्मेद्वार बाबुराम भट्टराईले जयनेपाल भनेर सम्बोधन गर्न सुरु गरेका थिए। साथै उनले सशस्त्र युद्ध काङ्ग्रेसलाई सिध्याउन नगरिएको दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?