काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएका हुन् ।
प्रधामन्त्री ओली वैशाख २६ देखि ३० गते (मे ९ देखि १३ तारेख)सम्म भियतनामको भ्रमण गर्न छन् भने वैशाख ३० देखि जेठ १ गते (१३ देखि १५ तारेख)सम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया