पारदर्शी भएर राजश्व बढाउनेतिर लाग्नुस् : अर्थमन्त्री डा. महत

लोकपथ
130
Shares

कपिलवस्तु । अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासन र पारदर्शी भएर साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन । त्यस क्रममा उनले अनुशासन र पारिदर्शिताका साथ लाग्नुपर्ने र व्यवसायको यथार्थ मूल्यांकन गरेर मात्रै राजश्वको लक्ष्यनजिक पुग्न सकिने बताए ।

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्दै अर्थमन्त्री महतले व्यवसायको विकासमा ध्यान दिने हो भने आन्तरिक राजश्व बढ्ने उल्लेख गरे ।

‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ । अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउन सकिन्छ’ उनले भने, ‘होटल, रेस्टुराजस्ता सेवा व्यवसाय बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको  सिस्टममा जोड्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?