काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले कांग्रेससँग मुठभेड निम्त्याएको बताएका छन् ।
कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले कम्युनिष्टहरुले केन्द्रदेखी वडासम्म निषेधको राजनीति गरेको बताएका हुन् ।
निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको बताउँदै नेता कोइरालाले भने, ‘केही वैचारिक मतभेद रहे पनि कम्युनिष्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको छ ।’
साथै उनले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनुपर्नेमा समेत जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया