यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
494
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ६८ पैसा तोकिएको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?