१ आश्विन २०७८, शुक्रवार

घटदै न्यूनतम तापक्रम

२०७४,कार्तिक,१२,आईतवार ००:५३


काठमाडौँ, १२ कातिक- केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा न्यूनतम तापक्रम एक्कासि गिरावट आएसँगै चिसो बढेको छ । गत सातासम्म काठमाडौंमा न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रेकर्ड भएकामा यो साताको बुधबार (८ कात्तिक) देखि तापक्रममा एक्कासि गिरावट आउन थालेको हो काठमाडौंको न्यूनतम तापक्रम बुधबार एक्कासि ९.८ डिग्रीमा झरेको थियो । शुक्रबार र शनिबार पनि तापक्रम अघिल्लो साताभन्दा ३ देखि ४ डिग्रीले कम छ । अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ  मनसुनपछिको पहिलो पश्चिमी न्यूनचापीय क्षेत्रको असरका कारण देशैभर बदली भएपछि तापक्रममा गिरावट आएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बदली र तापक्रममा आएको गिरावटसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औंल्याए, कान्तिपुरमा खबर छ  

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ००:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८
२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
 २०७८,आश्विन,१,शुक्रवार १९:५४