‘देश गठबन्धनको बन्दी बन्यो’

लोकपथ
49
Shares

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् ।प्रेस चौतरी मोरङले २६औँ स्थापना दिवस अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले देशको राजनीति गठबन्धनले कब्जा गरेको बताए ।

गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको भन्दै नेता गौतमले सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको समेत बताए ।‘देश ठूलो आर्थिक संकटमा छ’ उनले भने, ‘आर्थिक अवस्था धरासायी छ । विकास निर्माणका काम ठप्प छन् । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।’

उनले नयाँ आएका दलहरुबाट पनि परिवर्तन सम्भव नभएको बताए । जनताले केही गर्छ कि भनेर विश्वास गरेका रवि लामिछाने काण्डैकाण्डमा फसेको उनले बताए ।कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई काममा प्रतिवद्ध हुन सुझाव दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा समाचार लेख्नेभन्दा पनि नेतागिरी गर्नेको संख्या बढिरहेको बताउँदै लुईटेलले श्रमजिवी पत्रकारहरु जागरुक भएर अघि बढ्नुपर्ने बताए ।

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् ।प्रेस चौतरी मोरङले २६औँ स्थापना दिवस अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले देशको राजनीति गठबन्धनले कब्जा गरेको बताए ।

गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको भन्दै नेता गौतमले सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको समेत बताए ।‘देश ठूलो आर्थिक संकटमा छ’ उनले भने, ‘आर्थिक अवस्था धरासायी छ । विकास निर्माणका काम ठप्प छन् । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।’

उनले नयाँ आएका दलहरुबाट पनि परिवर्तन सम्भव नभएको बताए । जनताले केही गर्छ कि भनेर विश्वास गरेका रवि लामिछाने काण्डैकाण्डमा फसेको उनले बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई काममा प्रतिवद्ध हुन सुझाव दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा समाचार लेख्नेभन्दा पनि नेतागिरी गर्नेको संख्या बढिरहेको बताउँदै लुईटेलले श्रमजिवी पत्रकारहरु जागरुक भएर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?