सेयर बजार सुधार, कारोबार रकम भने अढाइ अर्ब पनि पुगेन

लोकपथ
117
Shares

काठमाडौं । तीन दिनपछि सेयर बजार कारोबारमा सोमबार सुधार आएको छ । नेप्से १४.५७ अंकले बढेर परिसूचक २०७६.२७ पुगेको छ ।
२ सय ४७ कम्पनीमध्ये १ सय ४८ का सेयर मूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् ।

८६ वटाको कम्पनीको भने घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।सोमबार कमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता रहे । सेयर मूल्य सर्किट लागेर बढ्दै प्रति कित्ता ९ सय ५१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । यस्तै पिपुल्स पावरको पनि सेयरमा सर्किट लागेको छ ।

उक्त कम्पनीको सेयर बढेर प्रति कित्ता ३ सय ६३ रुपैयाँमा किनबेच भएको छ । समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा पनि बढेर सर्किट लागेको छ ।सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा लगातार हिमालयन रिइन्स्योरेन्स नै छ । उक्त कम्पनीको १८ करोड ५९ लाखको सेयर कारोबार भएको छ । १५ करोड ४६ लाखको कारोबार भएको ज्ञादी ग्रुप अफ पावर दोस्रो र ८ करोड २३ लाखको कारोबार भएको हाथवे इन्भेस्टमेन्ट तेस्रो स्थानमा रह्यो ।

सोमबार ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ । ५६ हजार ७ सय ७५ कारोबारमा रकम २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?