विकास बैंकको कुल कर्जा झण्डै पाँच खर्ब, खराब कर्जा ३.१९ प्रतिशत पुग्यो

लोकपथ
156
Shares

काठमाडौं । विकास बैंकहरुको कुल कर्जा रकम झण्डै पाँच खर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनाको अवधिसम्ममा सञ्चालनमा रहेका क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरुले कुल चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप रकम भने पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रुपैंयाँ रहेको छ । यस अवधिमा विकास बैंकहरुमा खराब कर्जाको अनुपात भने बढेर ३.१९ प्रतिशत पुगेको छ । यो खराब कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ८७ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा विकास बैंकहरुले पाँच खर्ब १९ अर्ब ६४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ५८ अर्ब ९१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसबाट उक्त अवधिमा दुई दशमलव ३२ प्रतिशत कर्जा खराब देखिएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?