प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक (फोटोफिचर)

लोकपथ
78
Shares

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आजका लागि आह्वान गरे अनुसार आजबाट संसदको हिँउदे अधिवेशन सुरु हुन लागेको हो ।

संसदको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख घिमिरेले आह्वान गरेको बैठक अहिले सिंहदरबारमा जारी रहेको छ । बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।

उक्त बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरु,मन्त्रीहरु तथा प्रतिनिधि सभाका विभिन्न समितिका रहेका छन् ।

आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?