फर्जी कागज बनाएर विद्यालय व्यवस्थापन समिति गठन !

लोकपथ
884
Shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ मा जनप्रतिनिधिहरु सोही वडामा रहेको गणेश माध्यामिक विद्यालयमा किर्ते कागज र हस्तारक्षरको दुरुपयोग गरि विद्यालय व्यवस्थापन समिति गठन गरिएको आरोप लगाएका छन् ।

हस्ताक्षरको दूरुपयोग गरी माइन्युट नै तयार पारी विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भिर विषय प्रस्तावमा नराखी समितिमा कुनै छलफल नै नगराई जालसाझी पूर्ण तरीकाले गठन गरिएको भन्दै वडा सदस्य राम विनोद लामिछाने, राजकाजी श्रेष्ठ, पार्वती श्रेष्ठ र सीता सुनारले सत्यतथ्य छानबीन गरि दोषिलाई कारबाहीको माग गर्दै बूढानिलकण्ठ नगरपालिकालाई पत्र लेखेका हुन् ।

‘बूढानीलकण्ठ नगरपालिका वडा नं २ को वडा समितिको मिति २०८० /०२ /२२ को माइन्युट (निर्णय पत्र) को बारेमा हामी निवेदक वडा सदस्यहरुले अन्य प्रस्तावको लागि अध्यक्ष ज्यूबाट बैठक आह्वान भए अनुसार सो मितिमा बैठक बसी अन्य प्रस्तावमा छलफल भएकोमा सो दिनको माइन्यूटको पहिलो पाना सहि भएको र दोस्रो, तेस्रो र चौथो गलत भएको र हामी निवेदकहको हस्ताक्षर त्यस्तो कर्ने निर्णय नगरेकोमा हामीहरूको हस्ताक्षर दूरुपयोग गरी कि माइन्युट तयार पारी विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भिर विषय प्रस्तावमा नराखी समितिमा कुनै छलफल नै नगराई जालसाझी पूर्ण तरीकाले विविध प्रस्तावमा राखी श्री गणेश माध्यामिक विद्यालय व्यवस्थापन समितिमा वडा समितिको मिति २०५०/०२ २२ को निर्णय बमोजिम प्रतिनिधि छनोट गरियो’ निवेदनमा लेखिएको छ, फर्जी निर्णय र किर्ते हस्ताक्षर गरि विद्यालय व्यवस्थापन समिति गठन गरीयो भन्ने सुन्नमा आएको हुँदा सो सम्बन्धमा हामी निवेदक वडा सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको हुँदा सो मिति २०८०/०२/२२ को माइन्युट (निर्णय पत्र) जालसाही किले छानविन गरी किले गर्ने माथि हदै सम्मको कारवाही गरी पाउँ’ भनि पत्र लेखेका छन् ।

उनीहरुले विद्यालयको व्यवस्थापन समिति गठन विधि र कानून सम्मत ढंगले गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?