अछाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय कमिटी सदस्य भीमबहहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइका कारण ठूलो घाटा भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत रहेका रावलले मंगलवार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता रावलले भने, ‘एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको छ ।’
साथै उनले कम्युनिष्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै नेकपाले नेतृत्व गरेका सबै तहका सरकारले जनताको सुख र समृद्धिका लागि तदअनुरुपका कार्यक्रम अगाडि सारिरहेको नेता रावलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया