सेयर बजारसँगै घट्यो कारोबार रकम

लोकपथ
143
Shares

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक ५.३१ अंकले घटेर २०६१.७० मा कायम भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १ सय ३२ को सेयर मूल्य घटेको छ । बढेका १ सय ४ वटामध्ये युनिक नेपाल लघुवित्तले अग्रता लिएको छ । उक्त लघुवित्तको सेयर सर्किट लागेर बढेको छ । यसको प्रति कित्ता सेयर १ हजार २ सय ३ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै सेयर मूल्य घटेका १ सय ३२ कम्पनीमध्ये महिला लघुवित्तको सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ । ११ कम्पनीका सेयर मूल्य भने स्थिर रह्यो ।आइतबार कारोबार रकममा पनि गिरावट छ । ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँमा किनबेच भएको छ ।

सेयर कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स लगातार शीर्ष स्थानमा कायम छ । हिमालयनको ३३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरको अन्तिम कारोबार मूल्य प्रति कित्ता ६ सय ८८ रुपैयाँ १० पैसा रह्यो । यसैगरि एसियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख, निफ्राको १२ करोड, ज्ञादी ग्रुप अफ पावरको ११ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?