बैकिङ प्रणालीमा दुई अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

लोकपथ
143
Shares

काठमाडौ । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा दुई अर्ब ४५ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको दुई अर्ब २० करोड र अवकाश कोष अन्र्तगत रहेको २५ करोड रुपैयाँ बैंक तथा फाईनान्स कम्पनीहरुको संस्थागत निक्षेपको रुपमा लगानी गर्न लागिएको हो ।

लगानी गरिने कुल रकम मध्ये पेन्सन तथा उपदान कोष अन्र्तगतको दुई अर्ब २० करोड रुपैयाँ लगानीको परिपक्क हुने अवधि तीन सय ६६ दिन अर्थात बिसंं २०८० फागुन ६ गते देखि २०८१ फागुन पाँच गते तोकिएको छ । रकम लगानीको लागि यही माघ २३ गते भित्र आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर बोलकबोल पेस गर्नु पर्ने छ । लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब ७६ करोड, बिकास बैंकहरुको लागि ३३ करोड र फाईनान्स कम्पनीहरुको लागि ११ करोड रुपैयाँ छुठ्याईएको छ ।

यसैगरी अवकाश कोष अन्र्तगतको कर्मचारी सुरक्षण कोषमा रहेको निक्षेप अन्र्तगत भने २५ करोड रुपैंैंयाँ लगानीको लागि आव्हान गरिएको छ । लगानी अवधि तीन सय ६६ दिन अर्थात २०८० फागुन ६ गते देखि २०८१ फागुन पाँच गते तोकिएको रकम लगानीको लागि यही माघ २३ गतेसम्म बोलकबोलव पेश गर्नुपर्ने छ । लगानी गरिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि २० करोड, बिकास बैंकहरुको लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २५ लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?