राष्ट्रसेवक कर्मचारीको हकमा स्वास्थय बीमा योजना राम्रो : मन्त्री कार्की

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजनाका बारेमा सरोकारवालालाई हिजो मङ्गलवार यहाँ जानकारी गराएको छ ।

योजनाअन्तर्गत सञ्चयकर्ताको अस्पतालमा भर्ना भई गरेको समान्य औषधोपचारको हकमा रु एक लाख तथा घातक रोगको हकमा रु १० लाखको बीमा गरिएको छ । गएको मङ्सिर १ गतेदेखि एक वर्षका लागि भएको सो बीमा योजनाको अवधि समाप्त भएपछि यसको नवीकरण हुने सम्बन्धित निकायले जानकारी दिएको छ ।

नेपालमा लगभग छ लाख सञ्चयकर्ता छन् भने अहिले सञ्चयकर्ताका लागि मात्र यो योजना भए पनि पछि आश्रित परिवारजनमा पनि लागू हुनुपर्ने सरोकारवालाले माग गरेका छन् । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रसेवक कर्मचारीको हकमा यो योजना राम्रो भए पनि यसलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । 

मन्त्री कार्कीले संविधानबाट प्राप्त अधिकारलाई संस्थागत गर्न यो योजनाले कर्मचारीलाई सेवाप्रति अझै जिम्मे । उनले सरकारले कृषिवार बनाउने चर्चा गर्दै घातक रोगीलाई प्रदेशस्तरमा नै रहेका मेडिकल अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सके बिरामीलाई सुविधा पुग्ने बताए तथा पशुपक्षीको व्यवसाय गर्नेको व्यापार घाटामा नजाओस् भन्ने हेतुले यसमा पनि बीमा लागू गरेको भए पनि अज्ञानताले यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको चर्चा गरे ।

प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले यो बीमाको सुविधा सञ्चयकर्ताको परिवारजनमा पनि लागू भएमा यसले मुलुकमा उत्पादन बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले समतामूलक समाज निर्माण गर्न र सामाजिक सुरक्षा सुनिश्चित गर्न बीमा महत्वपूर्ण छ भने । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामाजिक जोखिमलाई घटाउन सरकारले ल्याएको यो योजना सराहनीय रहेको बताए । कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसी गौतम र कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले छलफलमा आएका सुझावलाई ग्रहण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?