बलिउडमा जम्न नसकेका यी साउथ सेलिब्रेटीहरू

लोकपथ
2.1k
Shares

काठमाडौं । पछिल्लो समय साउथ फिल्मले दर्शकमाझ निकै लोकप्रियता कमाउन सफल भएका छन् । फिल्म सफलताको कुरामा साउथका स्टारहरूले पनि बलिउडलाई पछि पारेका छन् । साउथका प्रायः सबै कलाकारहरू बलिउड उद्योगमा जम्न र आफ्नो उत्कृष्ट अभिनयका आधारमा बलिउडमा पनि नाम बनाउन चाहन्छन् । साउथका धेरै स्टारहरुले बलिउडमा आफ्नो कब्जा जमाइसकेका छन् ।

यस्तो अवस्थामा केही सेलिब्रेटीहरू साउथ फिल्ममा सफल भए तर केही यस्ता स्टार पनि थिए जो आफ्नो अभिनयको जादू चलाउन असफल साबित भए । आज हामी तीमध्ये आफ्नो राम्रो अभिनयको बाबजुत पनि बलिउडमा जम्न नसकेका सेलिब्रेटीहरूहरुको चर्चा गर्दैछौँ ।

वेंकटेश दग्गुबाती

अभिनेता वेंकटेश दग्गुबाती साउथका सुपरस्टार मानिन्छन् । करिब ३० वर्षअघि दग्गुबातीको अभिनय रहेको फिल्म अनारी रिलिज भएको थियो । फिल्म अनारी त्यतिबेला निकै रुचाइएको थियो । सो फिल्ममा करिश्मा कपुरको पनि अभिनय रहेको थियो । फिल्म अनारी सन् १९९२ मा रिलिज भएको तेलुगु फिल्म चन्तीको रिमेक थियो। वेंकटेश दग्गुबातीको फिल्म तकदीरवाला पनि निकै हिट भएको थियो । यसका बाबजुद पनि उनले बलिउडमा खासै छाप बनाउन सकेनन् ।

अरविन्द स्वामी

साउथ इन्डस्ट्रीका सुपरस्टार अरविन्द स्वामीको नाम पनि यो लिस्टमा परेको छ । अभिनेता अरविन्दको रोजा फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यो फिल्मले पनि बक्स अफिसमा राम्रै कलेक्सन गर्न सफल भयो । यो फिल्मको हिन्दी डब पनि उत्तिकै सफल भयो । अरविन्दले मनिषा कोइरालासँग सन् १९९५ मा बम्बई फिल्ममा काम गरेका थिए । यो फिल्मले बक्स अफिसमा ठुलो कमाई गरेको थियो । तर, उनले बलिउडमा साउथको जस्तो नाम कमाउन सकेनन् ।

अभिनेता विक्रम

साउथ अभिनेता विक्रम केनेडी जोन भिक्टर भनेर चिनिन्छन् । अभिनेताले सन् १९९० मा फिल्म ‘एन् कडा कन्मणी’ बाट आफ्नो करियर सुरु गरेका थिए । तेलुगु र मलयालम फिल्ममा आफ्नो प्रतिभा देखाएर विक्रम बलिउडमा प्रवेश गरेका थिए । उनले धेरै फिल्ममा काम गरे तर साउथ इन्डस्ट्रीमा जति बलिउडमा जम्न सकेनन् ।

अभिनेता सूर्य

अभिनेता सूर्य दक्षिण फिल्म उद्योगका सबैभन्दा अनुभवी अभिनेता हुन्। सन् २०१० मा रिलिज भएको उनको फिल्म ‘रक्त चरित्र २’ ले खासै केही गर्न सकेन र असफलताको सामना गर्नुपरेको थियो । हाल उनी निर्देशक सिरुथा सिवा निर्देशित फिल्म ‘कंगुवा’मा काम गरिरहेका छन् ।

पृथ्वीराज सुकुमारन

अभिनेता पृथ्वीराज सुकुमारनले मलयालम सिनेमामा धेरै सफल फिल्म दिएका छन्। बलिउडमा रानी मुखर्जीसँग फिल्म ‘अय्या’ मा देखिएका थिए । यसबाहेक उनले तापसी पन्नुसँग ‘शबाना’ नामको फिल्ममा पनि काम गरेका थिए । सुकुमारनका यी बलिउड फिल्म लगभग फ्लप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?