मेस्सीले जिते स्पेनको प्रतिष्ठित अवार्ड

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेस्सीले प्रतिष्ठित अवार्ड ’सेन्ट जर्ज क्रस’ अवार्ड हात पारेका छन् । 

मेस्सीले पहिलो पटक स्पेनको क्याटलोनियाको सरकारले प्रदान गर्ने यस अवार्ड जितेका हुन् ।

सन् १९८१ बाट प्रदान गरिदै आएको यस अवार्ड क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गरिन्छ । 

अर्जे्न्टिनाका स्ट्राइकर मेस्सीले बार्सिलोनाबाट खेल्दा क्याटलोनिया र बार्सिलोनाको चिनारीमा विशेष योगदान गरेको भन्दै यस अवार्ड मेस्सीलाई प्रदान गरिएको हो ।  

मेस्सीले पाँच पटक बालोन डी’ओर अवार्ड जितिसकेका छन् । सन् २००४ मा बार्सिलोनामा आबद्द मेस्सीले बार्सिलोनाका लागि ६८१ खेलमा ५९८ गोल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?