त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

लोकपथ
17.8k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

प्रहरी नायव महानिरीक्षक चन्दले शुक्रवार प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?