विप्लव समूहका जिल्ला इञ्चार्ज विष्फोटक पदार्थसहित पक्राउ

बाजुरा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक सहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक, सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी आज बिहान प्रक्राउ परेका हुन । विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्रक्राउ गरे सँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको छ । चन्दा सङ्कलन गरेका रसिद र उनीहरुबाट विभिन्न विष्फोटक पदार्थ समेत समेत फेला परेका छन् । पक्राउ परेकालाई मुद्दा चलाउने कुरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?