ट्रकको ठक्करबाट युवतीको मृत्यु, स्थानीयले गरे तोडफोड

काठमाडौं । मंगलबार बिहान ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । ना ५ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेकी १९ वर्षीया सुनिता रावलको मृत्यु भएको हो ।

रावलको मृत्युपछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?