एमाले संसदीय दलको बैठक शनिबार

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ । आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?