अमर यादव नेतृत्वको सिंगो पार्टीलाई प्रचण्डले गरे नेकपामा स्वागत

काठमाडौं । अमर यादव नेतृत्वको सिंगो पार्टी मधेश तराई फोरम नेपालका सदस्यहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको यादव नेतृत्वको यस पार्टी आज (मंगलवार) नेकपामा समाहित भएको हो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई आफ्नै निवास खुमलटारमा आयोजना भएको कार्यक्रममार्फत् पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै प्रचण्डले जनतालाई अधिकार दिलाउन संविधान संशोधन गर्ने प्रयत्न गरेको भन्दै संविधानलाई जीवन्त दस्तावेजको संज्ञा दिए । ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ,’ उनले भने ।

उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया शुरु गर्ने धारणा समेत राखे ।  सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्ने चाहना आफूहरुको रहेको भन्दै तराईमधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । ‘तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्याहाँको जनताको हितमा हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?