तपाईँ कति सुत्नुहुन्छ ? यो एकपटक पढ्नुस् है

एजेन्सी— वयस्क मानिसका लागि औषतमा दिनको ८ घण्टा निद्रा आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ यद्यपी निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढि सुत्नु पनि राम्रो मानिन्छ । आवश्यकता भन्दा बढि सुतियो भने स्वास्थ्यमा नकारात्मक असर पर्छ बढी सुत्ने मानिसमा मधुमेह, मोटोपन, मुटुरोग डिप्रेसन जस्ता समस्या देखापर्छन् । यतिमात्र नभई बढि सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढि निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ यस्तै बढि सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ यसबाहेक मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्यपन बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने समेत बताइन्छ त्यसो भए कति समय सुत्नु उत्तम् त ? विज्ञहरुका अनुसार नवजात शिशु दिनमा १८ घण्टासम्म, स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म, किशोरकिशोरी १० घण्टा र ड्ड वयस्क ७ देखि ८ घण्टासम्म सुत्नु उत्तम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?