प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

लोकपथ
195
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५.२६ अंकले बढेको छ । यससँगै सूचक २१०३.५ बिन्दुमा आएको छ ।

२४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २४ वटा कारोबार भएको हो । जसअनुसार १७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?