काठमाडौं । विदेश भ्रमण गर्नेमध्ये अग्रपङ्तिमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला विदेश दौडाहमा व्यस्त छन् ।
चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुने आज (सोमवार) अमेरिका जान लागेका हुन् । उनी आज साँझ अमेरिका प्रस्थान गर्ने निजी सचिवालयले जानकारी दिएको छ ।
अमेरिकाबाट नेता नेपाल ३ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
नेता नेपालले आफ्नो भ्रमणबारे सोमवार विहान मात्रै सचिवालय बैठकमा जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया