इसेवाले मनायो १५औँ वार्षिकोत्सव

लोकपथ
325
Shares

काठमाडौं । नेपालको एक भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ।

आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा इसेवाले पुनस् आफ्ना सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टहरूमा कृतज्ञता व्यक्त गरेको छ। साथमा, देशभरी रहेका इसेवा एजेन्टहरू मार्फत परोक्ष सेवा लिईरहेका सर्वसाधारणलाई पनि धन्यवाद ज्ञापन गरेको छ। साथमा, सबैलाई कृतज्ञता ज्ञापन गर्दै इसेवाले आफ्नो १५ औँ वार्षिकोत्सवमा १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याउने पनि जानकारी दिएको छ।

भुक्तानी प्रदायकको रुपमा इसेवाले ग्राहकहरुमा सेवा दिँदै आइरहेको छ । फोनमा रिचार्ज गर्न, घरायसी बिजुलीका बिलहरु तिर्न होस् या हवाइ टिकट काट्न लगायतका लागि इसेवाले सेवा दिइरहेको छ ।

हाल नेपालभरी करिब ८१ लाख प्रयोगकर्ताले इसेवा एपको प्रयोग गर्दै आइरहेका छन्। अझै पनि देशभरीको ७५३ वटा स्थानीय तह मध्ये ७४८ वटा स्थानीय तहमा इसेवाका २ लाख ३० हजार बढी एजेन्टहरू मार्फत करिब २ करोड जनसंख्याले विविध डिजिटल सेवाको उपयोग गर्दै आएको सुखद अनुभव इसेवाले साझा गरेको छ। सबै सहरी तथा ग्रामीण स्थानहरूमा पनि आफ्नो सेवा प्रभावकारी रूपमा सर्वसाधारण बीच पुर्याउनका लागि इसेवाले ७ वटा प्रदेशमा ८ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालयहरू संचालनमा ल्याएको छ। साथमा इसेवामा ४९ं बैंक, ४५ं माइक्रोफाइनान्स, ७००ं सहकारीहरू पनि जोडिएका छन् जसमार्फत इसेवामा सजिलै पैसा पाउन तथा इसेवाबाट पैसा पठाउन सकिन्छ। डिजिटल सेवा पुर्याउदै आएका नेपालमा रजिष्टर भएका डिजिटल वालेटको सङ्ख्या २७ पुगेको भए तापनि अझै पनि सर्वसाधारणको पहिलो रोजाईमा इसेवा नै रहेको कुरा प्रयोगकर्ताको संख्याले प्रष्टै देखाउँछ।

नेपालमा विविध ग्रामीण स्थानमा समेत डिजिटल सेवा पुर्याउन तथा डिजिटल लिटरेसीका लागि इसेवा सधैँ तत्पर रहेको जनाएको छ। हाल ४ लाख बढी मर्चेन्टको साथमा इसेवाले ५ हजार बढी विविध सेवाहरू पुर्याउँदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?