काठमाडौं । बालुवाटारको सरकारी जग्गा बैंकको धितोमा राखिएको खुलसा भएको छ ।
बालुवाटरको ललिता निवास व्यक्तिको नाममा रहेको बालुवाटारको अधिकांश जग्गा बैंकको धितोमा रहेको खुलासा भएको हो ।
बालुवाटारको सरकारी जग्गा किनबेच हुँदा ३ सय ३४ कित्तामा बाँडियो ।
जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् ।
यद्यपी डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोज्दै छ ।
अहिलेसम्म बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको ३ सय ३४ र सरकारसँग ८३ कित्ता जग्गा मात्र भेटिएको छ ।
मालपोतले भेटिएको जग्गा रोक्का गरेको छ भने थप जग्गा खोज्दै छ ।
व्यक्तिका नाममा रहेको जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरणको खुलासा भएको हो ।
मालपोत स्रोतका अनुसार रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ ।
यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको स्रोतले बतायो ।
जग्गाधनीहरुले वाणिज्य बैंकबाट ऋण लिएका छन् ।
त्यस्तै इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंकमा जग्गा धितो राखेर ठूलो रकम निकालिएको मालपोत स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया