सेवा दिन शुरु गरिसकेका भवनको उद्घाटनमा गृहमन्त्री, रिवन काट्ने नाममा कार्यकर्तालाई प्रशिक्षण !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतवार राज्यकोष खर्चंदै हेलिकप्टर चढेर भोजपुर पुगे । 

जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्न गृहमन्त्री थापा भोजपुर पुगेका थिए । विसं. २०७३ वैशाख १ गतेदेखि नै सेवा दिन शुरु गरेको जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन तीन वर्षपछि भएको हो । 

सो भवन करिब चार करोडको लगानीमा निर्माण गरिएको हो । 

तीन वर्षको अन्तरारमा जिप्रकामा सात जना प्रमुख जिल्ला अधिकारी नै फेरिसके । तर, भवनको उद्घाटन भने आइतवार मात्रै भयो ।  

तीन वर्षअघि नै निर्माण सम्पन्न भइ कामकाज शुचारु भइसकेको भवन उद्घाटनका लागि यसरी राज्यकोष खर्चदै हेलिकप्टर चढेर भोजपुर पुग्नुलाई कुन रुपले हेरिन्छ । 

तर, स्थानीयको बुझाइ अनुसार भवनमा सेवा शुरु भएको तीन वर्षपछि शिलापत्रका नाम लेखाउने मोहले गृहमन्त्री भवन उद्घाटनका लागि आइपुगेको बताउँछन् । 

भवन उद्घाटनपति गृहमन्त्री भोजपुरबाट जम्बो टोलिसहित हेलिकप्टरमै इलामको पशुपतिनगर पुगेका थिए । गृहमन्त्री अध्यागन केन्द्र उद्घाटन गर जम्बो टोलिसहित इलाम पुगेका हुन् । 

तर, उनको प्राथमिकता अध्यागन केन्द्रको उद्घाटन भन्दापनि नेकपाले आयोजना गरेको कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण भएको बुझिएको छ । 

उनले उद्घाटन कार्यक्रमलाई भन्दा प्रशिक्षण र कार्यकर्ता भेटमै बढी समय खर्चे । 

यसले उनको प्राथमिकता उद्घाटनभन्दा प्रशिक्षण कार्यक्रम भएको प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?