उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको कारोबार

लोकपथ
260
Shares

काठमाडौं । नेप्से परिसूचकमा मंगलबार तेस्रो दिन पनि सुधार छ । परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) सेयर बजार २११९.६१ विन्दुमा बन्द भएको छ ।आज पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

३०८ कम्पनीको कारोबार भएकोमा १५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

चन्द्रगिरि हिल्स लिमिटेड, रावा इनर्जी पावर लिमिटेड, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, कारोबारतर्फ हिमालयन रिइन्स्योरेन्सको अगाडि रह्यो । उक्त कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ज्ञादी ग्रुप अफ पावरको २२ करोड २० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख र अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९७ लाखको सेयर कारोबार भएको छ ।

मंगलबार १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक स्थिर छ ।
निर्जीवन बिमा, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?