संघीय संसदको बजेट अधिवेशन आजबाट

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आज (सामवार)बाट शुरु हुँदैछ  ।

बजेट अधिवेशन अपराह्न ४ बजेका बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजे (वर्षे) अधिवेशन आजबाट शुरु हुन लागेको हो । 

यो संसदको चौथो अधिवेशनको पहिलो बैठक हो ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने छ । साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । 

संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।

त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । 

संघीय संसद सचिवालका अनुसार यस वर्ष वैशाख २० गते राष्ट्रपति भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

संसदको चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?